Kathmandu Press

त्रिवि उपकुलपति सचिवालय तोडफोडमा संलग्नबाटै क्षतिपूर्ति भराइने

परीक्षाको फाराम खुलिसकेपछि विद्यार्थी भर्नाको माग गर्दै यही जेठ १४ गते उपकुलपति सचिवालयमा २०–२५ जनाको समूहले तोडफोड गरेको थियो।
त्रिवि उपकुलपति सचिवालय तोडफोडमा संलग्नबाटै क्षतिपूर्ति भराइने

काठमाडौं, जेठ १८ : त्रिभुवन विश्वविद्यालयले उपकुलपति सचिवालयले तोडफोडमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाही र क्षतिपूर्ति भराउने प्रक्रिया अघि बढाइएको छ।

आइतबार त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले एक विज्ञप्तिमार्फत उपकुलपति सचिवालय तोडफोड गर्ने, पदाधिकारीहरूलाई धम्की तथा आक्रमण गर्न खोज्नेमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। 

परीक्षाको फाराम खुलिसकेपछि विद्यार्थी भर्नाको माग गर्दै यही जेठ १४ गते उपकुलपति सचिवालयमा २०–२५ जनाको समूहले तोडफोड गरेको थियो।

स्नातक तहको भर्ना पुनः खोल्नुपर्ने मागसहित विद्यार्थीको समूहले तोडफोड गरेको थियो । त्रिवि उपकुलपतिको सचिवालयले तोडफोडमा संलग्नबाटै भौतिक सम्पत्ति हानिनोक्सानीको क्षतिपर्ति भराउने तयारी गरेको विज्ञप्तिमा जनाएको छ। 

प्रकाशित मिति: १४:३७ बजे, आइतबार, जेठ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्