Kathmandu Press

यातायात व्यवसायीको सडक प्रदर्शन 

सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन्। 
यातायात व्यवसायीको सडक प्रदर्शन 

काठमाडौं, जेठ १८ : सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म ¥यालीसहित प्रदर्शन गरेका छन्।

सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन्। 

सरकारले ल्याएको नियमावलीको विरोधमा गाडी थन्क्याएर व्यवसायी  विरोधमा उत्रेका हुन्। 

सोमबारदेखि देशभरको यातायात ठप्प पार्ने निर्णय व्यवसायीले गरेका छन्। सरकार आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छ भने व्यवसायी निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नछोड्ने बताइरहेका छन्। 
 

प्रकाशित मिति: १३:३६ बजे, आइतबार, जेठ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्