Kathmandu Press

राजपुर बमकाण्ड : पीडित अदालत जाने, आलमले भने- सत्यको विजय

२२ वर्षको उमेरमा छोरालाई इँटा भट्टामा जलाइएको त्रिलोकप्रताप सिंहका ८४ वार्षिय बुवा श्रीनारायण सिंहले उच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
राजपुर बमकाण्ड : पीडित अदालत जाने, आलमले भने- सत्यको विजय

रौतहट, जेठ १८ : रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलम सहित चार जनालाई अदालतले सफाइ दिएपछि पीडितहरू भने असन्तुष्ट बनेका छन्।

२२ वर्षको उमेरमा छोरालाई इँटा भट्टामा जलाइएको त्रिलोकप्रताप सिंहका ८४ वार्षिय बुवा श्रीनारायण सिंहले उच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उच्च अदालत वीरगंज इजलासले मोहम्मद आफताब आलमलाई रिहा गर्ने फैसला गरेपछि सिंहले सर्वोच्च अदालत जाने बताए। 

Hardik ivf

यमुनामाई गाउँपालिका–४ सरुअठाका सिंहले न्यायका लागि आफू सास रहुन्जेल लडिरहने बताएका छन्।

तर पूर्वसांसद आलमका भाइ मोहम्मद महताद आलम गौर कारागारबाट छुटेपछि सत्यको विजय भएको बताए। यसअघि र अहिले पनि अदालतको फैसलाको सम्मान गर्दै आएको उनले बताए। 

०६४ चैत्र २८ गते भएको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इँटा भट्टामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेपछि जेलमा थिए। 

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधवार आलमसहित उनका भाई मोहम्मद महताद आलम, शेख सराज र बद्रि सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो । ५ वर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासँगै रिहाई भएका थिए। 

अहिले पूर्वसांसद आलमको भने मस्तिष्कघात भएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
 

प्रकाशित मिति: १२:१२ बजे, आइतबार, जेठ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्