Kathmandu Press

राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै

आइतबार राजधानीको माइतीघर क्षेत्रमा शान्तीपुर्ण ब्यानर प्रदर्शन गर्ने भएका हुन् । यो आन्दोलनको आज चौथो दिन हो ।
राजावादीहरुले आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
Hardik ivf

काठमाडौं, जेठ १८ : राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायम गर्नुपर्ने माग राख्दै संयुक्त जनआन्दोलन समितिको अगुवाइमा राजावादी समुहले आज पनि प्रदर्शन गर्ने भएका छन् । 

आइतबार राजधानीको माइतीघर क्षेत्रमा शान्तीपुर्ण ब्यानर प्रदर्शन गर्ने भएका हुन् । यो आन्दोलनको आज चौथो दिन हो । शुक्रबार राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन आबद्ध यस समुहले प्रधानमन्त्री निवास रहेको बालुवाटार अगाडि पुगेर प्रदर्शन गरेका थिए । 

राजसंस्था र हिन्दुराष्ट्रको पुनस्र्थापनाका साथै संघीयता खारेजीको माग गरेर जेठ १५देखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । 
 

प्रकाशित मिति: ०९:०६ बजे, आइतबार, जेठ १८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्