Kathmandu Press

‘राजतन्त्रमा विकास र सुशासन भएन त्यसैले गणतन्त्र आएको हो’

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने घरमै चुल लागेर बस्न राप्रपालाई आग्रह गरे।
‘राजतन्त्रमा विकास र सुशासन भएन त्यसैले गणतन्त्र आएको हो’

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले निरंकुुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्नु सबै पेसाकर्मीको पनि उत्तरदायित्व भएको बताएका छन्।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनको शनिबार उदघाटन गर्दै उनले सबैले सँगै लडेर ल्याएको लोकतन्त्र र प्राप्त उपलब्धिलाई रक्षा गर्दै कसरी सुदृढ बनाउने भन्नेमा लाग्न आग्रह गरे।

Hardik ivf

‘निरंकुुश हुकुमी शासनकालमा यस्ता संघ–संगठन खुल्ने स्थिति थिएनन्। अहिले तपाईँहरु पेसागत र व्यवसायिक जिम्मेवारीका साथ राष्ट्रिय उत्तरदायित्व बोकेर अगाडि बढ्नुभएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘ जेठ १५ गते हामीले गणतन्त्र दिवसको उत्सव मनायौँ। राजतन्त्र पक्षधरहरुले विरोध प्रदर्शन गरे। उनीहरुलाई जनमत संग्रह भएको लाग्यो रे। तर पहिलो दिन दान पैसा दिएर केही मान्छे ल्याइए। दोस्रो र तेस्रो दिन मान्छेहरु घट्दै गए। मेरो नातिले जिस्किएर म डाइनोसर भएँ भन्दै हा.. गरेर डर लागेन? भनेर खेलेको याद आयो।’

प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने घरमै चुल लागेर बस्न राप्रपालाई आग्रह गरे। उनले अगाडि हिँडेको घोडालाई पछाडि फर्कान नखोज्न पनि आग्रह गरे।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीले मलाई राजतन्त्र फर्काउँछु भनेर डर देखाउन खोजेको हो भने म डराएँ, अब भयो, पुग्यो, चुप लागेर घरघरमा बसे हुन्छ । अब राजतन्त्र फर्काउने होइन, देशलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउने हो। अगाडि हिँड्न खोजेको घोडालाई पछाडि फर्काउन नखोज । घोडाले लात्ताले हान्न सक्छ, होस् गर,’ प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्रीलाई लखेट्छौँ भनेको शान्तिपूर्ण त होला? भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले अढाइ सय वर्ष राजतन्त्र हुँदा देशको अवस्था कहाँ थियो ? अहिले हामी कहाँ पुगेका छौँ भन्ने बुझ्न आग्रह गरे।

‘दरबार हत्याकाण्डपछि कुशको बाहुनजस्तो नक्कली राजतन्त्र आयो । त्यसले झन निरकुङ्शता लाध्यो। जनताको अधिकार खोज्यो। विकास गरेन । देश लुटेर, संविधानभन्दा माथि बसेर पैत्रिक सम्पत्ति थुपार्यो। अनि अहिले फेरि त्यही राजतन्त्र ल्याउनुपर्छ भन्दा लाज मान्नुपर्ने हो। यस्ताहरुले आफूलाई सूर्यका सन्तान भनेर जनतालाई कस्तो बेवकुफ बनाउन खोजिँदैछ,’ उनले भने, ‘यस्ता कुराहरुसँग हामी सचेत हुनुपर्छ । यो जनताको सामाजिक उत्तरदायित्व हो। आफूले लडेर ल्याएको व्यवस्थाको रक्षा गर्न उभिनुपर्छ। प्रणालीमा केही कुरा फेर्न परे हामी यसलाई अझ सुन्दर लोकतन्त्र बनाउने गरी फेछौँ तर प्रतिगमन अब सम्भव छैन।’

विरामी भएमा उपचार गर्ने त छँदैछ, त्यो भन्दा पहिला विरामी हुन नदिन लाग्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले सस्तो र सजिलोसँग कसरी राम्रो उपचार दिन सकिन्छ भन्ने भावना बोक्न आग्रह गरे।
 

प्रकाशित मिति: १८:४३ बजे, शनिबार, जेठ १७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्