Kathmandu Press

साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह

उनले मोटरसाईकल र  गाडिहरुको यात्रा गर्दा धुँवा–धुलोले वातावरणलाई दुषित गरिरहेकाले साइकल यात्रा हरेक कुरामा फाइदाजनक भएको बताएका हुन्।
साइकल लेन निर्माण गर्ने सन्दर्भमा सरकार सकारात्मक छ : मन्त्री सिंह

काठमाडौं, जेठ १७ : उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले साइकलको महत्व र प्रयोगलाई बढाउन आवश्यक रहेको बताएका छन्।

विश्व साइकल दिवसको उपलक्ष्यमा स्वच्छ हावा र सडक अधिकारको लागि साइकल र्याली कार्यक्रममा बोल्दै उनले मोटरसाईकल र  गाडिहरुको यात्रा गर्दा धुँवा–धुलोले वातावरणलाई दुषित गरिरहेकाले साइकल यात्रा हरेक कुरामा फाइदाजनक भएको बताएका हुन्।

Hardik ivf

‘साइकलको महत्वलाई हामी सबैले बुझ्न जरुरी छ। यो र्याली वर्षको एकचोटि मात्रै गरेर हुँदैन। अनवरतरुपमा लागिरहनुपर्छ। साइकलको महत्व र प्रयोगलाई बढाउन आवश्यक छ साइकल यात्रा गर्दा हरेक कुरामा फाइदा छ,’ उनले भने, ‘मोटरसाइकल र गाडिहरुको यात्रा गर्दा धुवाँ धुलोले वातावरणलाई चाँही दुषित गरिरहेको छ।’

साथै उनले साइकल लेन हुनुपर्छ भन्ने यात्रुहरुको गुनासोलाई सहरी विकास मन्त्रालयले ध्यान दिने पनि बताए। उनले यस्ता साइकल र्यालीहरुले स्थानीय बासिन्दाहरुको लागि सचेतना फैलाउने एउटा माध्यम समेत हुने गरेको बताए।

‘साइकल लेन हुनुपर्छ भन्ने धेरै यात्रीहरुको गुनासो छ। त्यसलाई सहरी विकास मन्त्रालयले ध्यान दिने छ। काठमाडौं उपत्यकामा धेरै धुवाँ धुलोले गर्दा फोक्सोको रोगीहरु बढिरहेका छन्,’ मन्त्री सिंहले भने, ‘यसरी रोकथाम गर्नको लागि जुन र्यालीको अभियान चलाउनुभयो यो अभियानले स्थानीय बासिन्दाहरुको लागि सचेतना फैलाउने एउटा माध्यम पनि हो।’

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, जेठ १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्