Kathmandu Press

अब दरबारमार्गमा पनि निषेधाज्ञा

अब दरबारमार्गमा पनि निषेधाज्ञा

काठमाडौं, जेठ १६ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार नारायणहिटी दरबार क्षेत्रमा पनि निषेधाज्ञा लगाएको छ। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा जेठ १७ गते शनिबार देखि लागू हुनेगरी आगामी असार २४ गते मंगलबारसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन्। 

Hardik ivf

जसअनुसार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न पाइने छैन। 

नारायणहिटी दरबार क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने भनिएको छ। 

हाल राष्ट्रपति र उपराष्ट्रपतिको भवन अगाडी, बानेश्वरस्थित संसद भवन क्षेत्र, भद्रकाली, सिंहदरबार लगायत क्षेत्रमा निषेधाज्ञा जारी थियो। अब नारायणहिटी दरबार क्षेत्रमा पनि निषेधाज्ञा बढाइएको छ। 

 

प्रकाशित मिति: २०:३८ बजे, शुक्रबार, जेठ १६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्