Kathmandu Press

आफताब आलमलाई ‘मस्तिष्कघात’  

आलमको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो। उनको आईसीयूमा राखेर उपचार भइरहेको उपचारमा संलग्न अन्नपूर्ण न्युरोका चिकित्सकले जनाएका छन्। 
आफताब आलमलाई ‘मस्तिष्कघात’  

काठमाडौं, जेठ १६ : ज्यान मुद्दामा सफाई पाएका पूर्वमन्त्री एवम् कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ। 

मस्तिष्कघातपछि आलमलाई शुक्रबार उपचारका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको छ। 

Hardik ivf

आलमको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो। उनको आईसीयूमा राखेर उपचार भइरहेको उपचारमा संलग्न अन्नपूर्ण न्युरोका चिकित्सकले जनाएका छन्। 

जेठ १४ गते आलमलले ज्यान मुद्दामा उच्च अदालतबाट सफाई पाएका थिए। उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाई दिएपछि उनी जेलमुक्त भएका थिए। 

संविधान सभा निर्वाचनका बेला २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा आलमको घरमा बम विस्फोट हुँदा भएको मृत्यु प्रकरणमा आलमविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। 

बम विस्फोटका घाइतेलाई इँटाभट्टाको चिम्नीमा जलाएर हत्या गरेको अभियोग प्रहरीले लगाएको थियो । आलम बुधबार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका हुन्। 

प्रकाशित मिति: २०:२६ बजे, शुक्रबार, जेठ १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्