Kathmandu Press

अफ्ताब आलमलाई सफाइ दिने उच्चका दुई न्यायधीशविरुद्ध उजुरी

न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग गर्दै युवराज पौडेलले  परिषद्मा उजुरी दिएका हुन्। 
अफ्ताब आलमलाई सफाइ दिने उच्चका दुई न्यायधीशविरुद्ध उजुरी

काठमाडौं, जेठ १६ : बम विस्फोटका घाइतेलाई इटा भट्टामा जलाइको अभियोगमा थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलगायतलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलाशका दुई न्यायाधीशमाथि न्यायपरिषदमा उजुरी परेको छ।

न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग गर्दै युवराज पौडेलले  परिषद्मा उजुरी दिएका हुन्। 

Hardik ivf

उनीहरू पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग उनले गरेका छन्।

उनले जिल्ला अदालतको फैसला एवं उच्च अदालतबाट मिसिल मगाई अनुसन्धान गर्न माग गरेका छन् ।

गत बुधबार न्यायाधीशद्वय थारु र महर्जनको इजलाशले जिल्ला अदालतको फैसला उल्ठाउँदा आलमलगायतलाई सपाई दिउको थियो । 
 

प्रकाशित मिति: १३:४१ बजे, शुक्रबार, जेठ १६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्