Kathmandu Press

बजेट खर्च हुने आधारहरू देखिँदैन : सांसद वाग्ले

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरुलाई लागेको बताए। 
बजेट खर्च हुने आधारहरू देखिँदैन : सांसद वाग्ले

काठमाडौं, जेठ १५ : रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएपनि १५÷१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु नभएको बताएका छन्। 

बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरुलाई लागेको बताए। 

Hardik ivf

‘सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार छैन। तर घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ,’ उनले भने, ‘अर्थमन्त्रीले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याउनुभएको छ। तर यो पनि १५÷१६ खर्बभन्दा बढी खर्च हुने आधारहरु छैन। 

वाग्लेले अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर लागेको बताए । राजस्वका विभिन्न कुराहरु पनि पत्यारिलो नभएको उनको भनाइ छ।

प्रकाशित मिति: १९:३७ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्