Kathmandu Press

घाइते, अपांग तथा अशक्तको निःशुल्क उपचार

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोष स्थापनाका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको बताए। 
घाइते, अपांग तथा अशक्तको निःशुल्क उपचार

काठमाडौं, जेठ १५ : सरकारले सरकारले सशस्त्र द्वन्द्वका घटनाको छानबिन, राहत र परिपूरणका लागि एक अर्ब रुपैयाँको कोष स्थापना गर्ने भएको छ। 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोष स्थापनाका लागि एक अर्ब रुपैयाँ विनियोजन गरिएको बताए। 

बजेट प्रश्तुतीका क्रममा घाइते, अपांग तथा अशक्तको सरकारी अस्पतालमा निःशुल्क उपचार गराइने मन्त्री पौडेलले बताए। 

शान्तिप्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धि बाँकी काम सम्पन्न गरिने बजेटमा उल्लेख छ। 

यस्तै, सत्यनिरुपण र बेपत्ता पारिएका व्यक्तिको आयोगलाई क्रियाशील बनाइने पनि बजेटमा जनाइएको छ। 

प्रकाशित मिति: १७:५० बजे, बिहीबार, जेठ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्