Kathmandu Press

बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार पुग्यो

राष्ट्रसेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न नसकिएको प्रश्टोक्ति पनि पौडेलले दिए ।
बढेन कर्मचारीको तलब, महँगी भत्ता ५ हजार पुग्यो

काठमाडौं, जेठ १५ : सरकारले कर्मचारीको तलब नबढाने भएको छ। 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेक्रममा तलब बढाउन नसकिएको बताए। 

Hardik ivf

राष्ट्रसेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न नसकिएको प्रश्टोक्ति पनि पौडेलले दिए ।

यद्यपि, भत्ता भने बढाइएको उनले बताए। आगामी साउन १ गतेदेखि लागु हुने गरी महँगी भत्ता भने पाँच हजार रुपैयाँ पु¥याइएको छ। 

यसपल्ट कर्मचारीको तलब बढ्ने चर्चा चले पनि त्यस अनुरुप बजेटमा व्यवस्था भने हुन सकेन। 

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्