Kathmandu Press

सहमतिका आधारमा संविधान संशोधन गरिने

‘राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरिनेछ। संविधानप्रति जनताको स्वामित्व र अपनत्व वृद्धि गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याइने छ,’ उनले भने।
सहमतिका आधारमा संविधान संशोधन गरिने

काठमाडौं, जेठ १५ : अर्थमन्त्री विष्णु पौडेलले कांग्रेस(एमाले गठबन्धनबीच भएको संविधान संशोधन सहमतिका आधारमा कार्यान्वयन गर्ने बताएका छन्। 

आज संसद्‌मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्। 

‘राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरिनेछ। संविधानप्रति जनताको स्वामित्व र अपनत्व वृद्धि गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याइने छ,’ उनले भने।

यस्तै, उनले विधिको शासन, मानवअधिकार, सुदृढ न्याय प्रशासन, लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने बताए। 

प्रकाशित मिति: १७:४० बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्