Kathmandu Press

निजामती विधेयक यसै अधिवेशनबाट पारित गरिने 

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा यसै अधिवेशनबाट संघीय निजामती विधेयक पारित गर्ने उल्लेख गरिएको हो।
निजामती विधेयक यसै अधिवेशनबाट पारित गरिने 

काठमाडौं, जेठ १५ : सरकारले संघीय निजामती विधेयकलाई चालु अधिवेशनबाटै पारित गर्ने उद्घोष गरेको छ। 

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा यसै अधिवेशनबाट संघीय निजामती विधेयक पारित गर्ने उल्लेख गरिएको हो।

तर, राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरिसकेको उक्त विधेयक अझै संसद्‍मा पुग्न सकेको छैन। 

खासगरी निजामतफ सेवाबाट अवकाश पाएलगतै संवैधानिक वा राजनीतिक नियुक्ति लिन नपाइने गरी विधेयकमा थपिएको दुई वर्षको ‘कुलिङ पिरियड’ लाई लिएर मुख्य सचिव र सचिवहरट्ठले विरोध गरेका कारण उक्त विधेयकलाई ‘होल्डमा राखिएको हो। 

मुख्य सचिव र सचिहरूले ‘कुलिङ पिरियड’ को प्रस्तावित प्रावधान हटाएर मात्रै संसद्‍मा विधेयक लैजान पार्टीका शीर्ष नेतृत्वसँग लबिङ गर्दै आएका छन्।

प्रकाशित मिति: १७:३८ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्