Kathmandu Press

अनलाइनबाटै पेमेन्ट र भिसा

आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यागमन प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन अनलाइन पेमेन्ट सिस्टम र अनलाइन भिसा व्यवस्था लागू गरिने बताए।
अनलाइनबाटै पेमेन्ट र भिसा

काठमाडौं, जेड १५ : सरकारले अध्यागमन प्रणालीलाई स्तरोन्नति गर्ने भएको छ। 

आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यागमन प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन अनलाइन पेमेन्ट सिस्टम र अनलाइन भिसा व्यवस्था लागू गरिने बताए।

विशेषज्ञ र लगानीकर्तालाई निःशुल्क आवासीय भिसा उपलब्ध गराइने उनको भनाइ छ।

यस्तै, अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउन नेपालमा रोबटिक प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को उपयोग गरिने भएको छ। 

उनले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचका लागि टेलिमेडिसिन र डिजिटल हेल्थ सेवाको पनि विस्तार गरिने जानकारी दिए।

प्रकाशित मिति: १७:३६ बजे, बिहीबार, जेठ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्