बंकरदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता
डेढ दशकअघि सुरु भएको यो कार्यक्रमलाई सरकारले २०८२/८३ मा पनि निरन्तरता दिइएको हो।-1748515576.jpeg)
काठमाडौं, जेठ १५ : सरकारले नेपाली सेनाका भौतिक संरचनालाई व्यवस्थित बनाउन ‘बंकरदेखि ब्यारेक’ कार्यक्रमलाई निरन्तरता दिएको छ। डेढ दशकअघि सुरु भएको यो कार्यक्रमलाई सरकारले २०८२/८३ मा पनि निरन्तरता दिइएको हो।
माओवादी द्वन्द्वका बेला बनाइएकमा ब्यारेकलाई विस्थापित गरी कार्यरत जनशक्तिका लागि भौतिक संरचना निर्माणअन्तर्गत यो कार्यक्रम ल्याइएको थियो। हरेक वर्ष १ अर्बको हाराहारी बजेट यो कार्यक्रमका लागि बिनियोजन हुँदै आएको छ।
यस्तै, सरकारले भूकम्प र मनसुनजन्य विपदबाट क्षति भएका निजी आवास, विद्यालय, सार्वजानिक पूर्वाधार तथा पुरातात्विक एवम् सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्न १८ अर्ब ५० करोड विनियोजन गरेको छ।
विपद्को पूर्वसूचना प्रणाली विकास गरी क्षति न्यूनीकरण गर्न विपद् व्यवस्थापन तथा प्रतिकार्यमा संलग्न हुने जनशक्तिको क्षमता विकास गर्न जोड दिइने भएको छ।
