Kathmandu Press

पूर्व–पश्चिम रेलमार्गका लागि रोक्का राखिएको काँकडभिट्टा–इटहरी खण्डको जग्गा फुकुवा 

संसदमा बजेट प्रस्तु गर्दै अर्थमन्त्री विष्णु पौडेलले निर्माणाधीन बर्दिबास र निजगढ खण्डको रेलमार्गलाई पूर्व(पश्चिम विद्युतीय रेलमार्गको मापदण्डअनुरुप बनाइने बताए।
पूर्व–पश्चिम रेलमार्गका लागि रोक्का राखिएको काँकडभिट्टा–इटहरी खण्डको जग्गा फुकुवा 

काठमडौं, जेठ १५ : आगामी वर्ष पूर्व–पश्चिम राजमार्गमा ‘स्ट्यान्डर्ड गेज’ मापदण्डको विद्युतीय रेलमार्ग निर्माण गर्न विस्तृत अध्ययन गरिने भएको छ। 

संसदमा बजेट प्रस्तु गर्दै अर्थमन्त्री विष्णु पौडेलले निर्माणाधीन बर्दिबास र निजगढ खण्डको रेलमार्गलाई पूर्व(पश्चिम विद्युतीय रेलमार्गको मापदण्डअनुरुप बनाइने बताए।

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण प्रयोजनका लागि अधिग्रहण गर्न रोक्का राखिएको काँकडभिट्टा–इटहरी खण्डको जग्गा फुकुवा गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए। 

यस्तै, आगामी आर्थिक वर्षमा काठमाडौंकेरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने उनको भनाइ छ ।

प्रकाशित मिति: १७:१३ बजे, बिहीबार, जेठ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्