Kathmandu Press

भौतिक मन्त्रालयको बजेट दुई अर्ब बढ्यो, ऊर्जा मन्त्रालयलाई ८६ अर्ब बजेट

चालु आर्थिक वर्षमा १ खर्ब ५० अर्ब ५३ करोड ५८ लाख रुपैयाँ विनियोजन भएकामा आगामी वर्षका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको हो ।
भौतिक मन्त्रालयको बजेट दुई अर्ब बढ्यो, ऊर्जा मन्त्रालयलाई ८६ अर्ब बजेट

काठमाडौं, जेठ १५ : आगामी आर्थिक वर्षका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट बढाइएको छ। 

चालु आर्थिक वर्षमा १ खर्ब ५० अर्ब ५३ करोड ५८ लाख रुपैयाँ विनियोजन भएकामा आगामी वर्षका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको हो ।

Hardik ivf

यस्तै, अर्थमन्त्री विष्णु पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायलाई ८६ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको बताए। 

सरकारले भेरी बबई डाइभर्सन आयोजना निर्माणका लागि २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरेको छ। 

भेरी बबई डाइभर्सनको हेडवर्क्स र पावर हाउस निर्माण कार्य २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको अर्थमन्त्री पौडेलको भनाइ छ।

प्रकाशित मिति: १७:१० बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्