Kathmandu Press

काठमाडौं–तराई–मधेस द्रुतमार्ग ८४ सालभित्र सम्पन्न गरिने, नागढुंगा र सिद्धबाबा सुरुङमार्गलाई २ अर्ब ६० करोड बजेट

अर्थमन्त्री पौडेलले भने, ‘काठमाडौँ तराई मधेसको मधेस द्रुतमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गरिने छ ।’ 
काठमाडौं–तराई–मधेस द्रुतमार्ग ८४ सालभित्र सम्पन्न गरिने, नागढुंगा र सिद्धबाबा सुरुङमार्गलाई २ अर्ब ६० करोड बजेट

काठमाडौं, जेठ १५ : आगामी आर्थिक बर्षको बजेटमार्फत काठमाडौँ तराई मधेस द्रुतमार्ग ८४ सालभित्र सम्पन्न गर्ने घोषणा गरिएको छ। 

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा प्रश्तुत गरेको बजेट वक्तव्यमार्फत उक्त घोषणा गरेका हुन्। 

Hardik ivf

अर्थमन्त्री पौडेलले भने, ‘काठमाडौँ तराई मधेसको मधेस द्रुतमार्गको निर्माण कार्य आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गरिने छ ।’ 

बजेट वक्तव्यमा आगामी वर्ष ३७ किलोमिटर सडकमा सववेश, चार किलोमिटर सुरुङ र ६० वटा पुलको निर्माण सम्पन्न गरिने जनाइएको छ । यसका लागि २४ अर्ब ४९ करोड रकम विनियोजन गरिएको छ।

यस्तै, आगामी आर्थिक वर्षमा नागढुंगा र सिद्धबाबा सुरुङमार्गको निर्माण सम्पन्न गरिने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन्। त्यसका लागि २ अर्ब ६० करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए। 

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणको अन्तिम चरणमा छ भने पाल्पाको सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु भएर फिनिसिङको काम भइरहेको छ।

प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, जेठ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्