Kathmandu Press

महिलाको नाममा उद्योग दर्ता र नवीकरणमा शुल्क नलाग्ने

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट प्रस्तुत गर्ने क्रममा महिलाको नाममा उद्योग वा कम्पनी दर्ता तथा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको जानकारी गराए।
महिलाको नाममा उद्योग दर्ता र नवीकरणमा शुल्क नलाग्ने

काठमाडौं, जेठ १५ : महिलाको नाममा उद्योग वा कम्पनी दर्ता तथा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था बजेटले गरेको छ। 

महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्न बजेटमा यस्तो व्यवस्था मिलाइएको हो। 

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट प्रस्तुत गर्ने क्रममा महिलाको नाममा उद्योग वा कम्पनी दर्ता तथा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको जानकारी गराए।

बजेटमा गृहिणी महिलाको श्रम र सीपलाई साना तथा घरेलु उद्यमसँग जोड्नका लागि क्षमता विकास कार्यक्रम सञ्चालन गरिने बताइएको छ।

यस्तै, महिलालाई आत्मनिर्भर बनाउनका लागि महिला उद्यमशीलता प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ। 

प्रकाशित मिति: १६:५९ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्