उच्चशिक्षाको एकीकृत ऐन ल्याइने
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उच्चशिक्षा सम्बन्धी छाता ऐन निर्माण गरी विश्वविद्यालयहरूको सञ्चालनमा एकरूपता ल्याउने घोषणा गरे।
काठमाडौं, जेठ १५ : सरकारले उच्चशिक्षालाई व्यवस्थित गर्न त्यससम्बन्धी छाता ऐन लयउने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उच्चशिक्षा सम्बन्धी छाता ऐन निर्माण गरी विश्वविद्यालयहरूको सञ्चालनमा एकरूपता ल्याउने घोषणा गरे।
अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउने र विश्वविद्यालयहरूको विभाग तथा संकायहरूको पुनः संरचना गरिने उनले जनाए। उनले विश्वविद्यालयलाई आयोगको पुनः संरचना गरी उच्चशिक्षाको सुदृढ नियमनकारी निकायका रूपमा विकास गरिने बताए।
‘विश्वविद्यालयलाई शैक्षिक गुणस्तर, विद्यार्थी संख्या, पूर्वाधारका आधारमा अनुदान उपलब्ध गराइनेछ। शैक्षिक क्यालेन्डर लागू गरिनेछ। क्यालेन्डर शैक्षिक सत्र अघि नै सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्नेछ। क्यालेन्डर पालना नगरे अनुदान रोक्ने व्यवस्था गरिनेछ,’ उनले भने।
प्रकाशित मिति: १६:५३ बजे, बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार