Kathmandu Press

कार्यकारी तहमा ३३ प्रतिशत महिला सहभागिताको नीति

‘राष्ट्रिय जीवनका क्षेत्रमा महिलाको भूमिका प्रभावकारी बनाइनेछ। लैगिंक विभेदको अन्त्य, नेतृत्वको क्षमताको विकास र सशक्तीकरणमा जोड दिइने छ। सार्वजनिक क्षेत्रका कार्यकारी तहमा ३३ प्रतिशत सुनिश्चित गर्न नीति तथा संरचनागत सुधार गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने।
कार्यकारी तहमा ३३ प्रतिशत महिला सहभागिताको नीति

काठमाडौं, जेठ १५ : सार्वजनिक क्षेत्रको कार्यकारी तहमा ३३ प्रतिशत महिला सहभागिता गर्ने गरी नीति सरकारले लिएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै यस्तो नीति लिएको बताए। 

‘राष्ट्रिय जीवनका क्षेत्रमा महिलाको भूमिका प्रभावकारी बनाइनेछ। लैगिंक विभेदको अन्त्य, नेतृत्वको क्षमताको विकास र सशक्तीकरणमा जोड दिइने छ। सार्वजनिक क्षेत्रका कार्यकारी तहमा ३३ प्रतिशत सुनिश्चित गर्न नीति तथा संरचनागत सुधार गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने।

यस्तै, उनले महिलामाथि हुने सबै प्रकारका विभेद तथा उत्पीडनको विभेद अन्त्य गर्दै आर्थिक, सांस्कृतिक रुपमा समानताको हक सुनिश्चित गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गरिने पनि जनाए। 

प्रकाशित मिति: १६:५० बजे, बिहीबार, जेठ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्