Kathmandu Press

प्रदूषण न्यूनीकरणका राजधानीका उद्योगलाई उपत्यकाबाहिर स्थानान्तरण गर्ने घोषणा

बजेटमा राजधानी क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले उद्योगलाई उपत्यकाबाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको उल्लेख छ। 
प्रदूषण न्यूनीकरणका राजधानीका उद्योगलाई उपत्यकाबाहिर स्थानान्तरण गर्ने घोषणा

काठमाडौं, जेठ १५ : सरकारले काठमाडौंको प्रदूषण न्यूनीकरणका लागि उपत्यकाभित्र सञ्चालित उद्योगलाई उपत्यकाबाहिर स्थानान्तरण गर्ने घोषणा गरेको छ। 

संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी गराएका हुन्। 

बजेटमा राजधानी क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले उद्योगलाई उपत्यकाबाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको उल्लेख छ। 

स्थानान्तरण गरिने उद्योगलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराइने छ। यस्तै, उद्योग, व्यवसाय, कृषि फार्म र हाउजिङ अपार्टमेन्टका निम्ति हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न सक्ने प्रबन्ध गरिको छ। 

हदबन्दीका कारण बिक्री हुन नसकेका अनुमति प्राप्त हाउजिङ तथा अपार्टमेन्टलाई बिक्री गर्न पाउने व्यवस्था गरिने बजेट वक्तव्यमा उल्लेख छ। 
 
प्रकाशित मिति: १६:४८ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्