सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड र स्वास्थ्य क्षेत्रका लागि झन्डै १ खर्ब बजेट
चालु आव २०८१/८२ मा यस मन्त्रालयको बजेट ७ अर्ब ३५ करोड रुपैयाँ थियो। आर्थिक वर्ष २०८०/८१ मा भने ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
काठमाडौं, जेठ १५ : सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ।
चालु आव २०८१/८२ मा यस मन्त्रालयको बजेट ७ अर्ब ३५ करोड रुपैयाँ थियो। आर्थिक वर्ष २०८०/८१ मा भने ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि (आईटी) क्षेत्रको विकासका लागि मन्त्रालयलाई पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताउँदै आएका थिए ।
यस्तै, सरकारले स्वास्थ्यतर्फ आर्थिक वर्ष २०८२र०८३ का लागि ९५ अर्ब ८१ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
'निरोगी नेपाल, स्वस्थ नेपाली' नारालाई सार्थकता दिन स्वच्छ आहार, योग ध्यान व्यायाम र सकारात्मक सोच सहितको जीवनशैली विकास गर्न निरोगी नेपाल अभियान सञ्चालन गरिने बताइएको छ।
साथै, आम नागरिकलाई निस्शुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने प्रतिबद्धतालाई यसपटक पनि दोहोर्याइएको छ।
विशिष्टिकृत स्वास्थ्य सेवाको दायरा विस्तार गर्न सक्षम जनशक्ति, आधुनिक, उपकरण र पूर्वाधारमा लगानी वृद्धि गरिने पनि बजेट भाषणमा उल्लेख गरिएको छ।