Kathmandu Press

रोजगार प्रवद्र्धन कार्यक्रमका लागि १ अर्ब ९९ करोड विनियोजन

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। 
रोजगार प्रवद्र्धन कार्यक्रमका लागि १ अर्ब ९९ करोड विनियोजन

काठमाडौं, जेठ १५ : सरकारले राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। 

Hardik ivf

बजेट प्रश्तुत गर्दै अर्थमन्त्री पौडेलले भने, ‘वेरोजगारी समस्या दिगोरुपमा समाधान गर्न श्रम बजारको माग अनुरुप युवा जनशक्तिको सिप र दक्षता विकास गरिनेछ। राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालनका लागि एक अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरेको छु।’

यस्तै, बजेटमा रोजगारीको खोजीमा रहेका सीपयुक्त व्यक्तिको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिने उल्लेख छ। 
 

प्रकाशित मिति: १६:४२ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्