निजीक्षेत्रसँग ७ खर्ब रुपैयाँको पीडीए गरिने
अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै ४ खर्ब रुपैयाँ बराबरको आयोजना निर्माण कार्य थालिने समेत दाबी गरे।
काठमाडौं, जेठ १५ : आगामी आर्थिक वर्षभित्र निजीक्षेत्रसँग ७ खर्ब बराबरको परियोजना विकास सम्झौता (पीडीए) गरिएने भएको छ।
अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै ४ खर्ब रुपैयाँ बराबरको आयोजना निर्माण कार्य थालिने समेत दाबी गरे।
लगानी बोर्डको संस्थागत क्षमता वृद्धि गरिने सरकारको नीति छ । आगामी आर्थिक वर्षका लागि लगानी बोर्ड नेपाललाई ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

