मध्यपहाडी राजमार्ग आसपासका क्षेत्रमा फर्निचर उद्योग स्थापना गरिने
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेका तथा ढलापडा रुखहरुलाई संकलन गरी प्रयोगमा ल्याइने बताए।-1748515576.jpeg)
काठमाडौं, जेठ १५ : सरकारले पुष्पलाल मध्यपहाडी राजमार्ग आसपासका क्षेत्रमा फर्निचर उद्योग स्थापना गर्ने भएको छ।
सरकारले आगामी बजेटमा वन क्षेत्रको संरक्षण र वन पैदावरलाई राष्ट्रिय स्रोतका रुपमा सदुपयोग गर्न पर्यापर्यटन, पर्यावरण र जैविक विविधतामा प्रतिकुल असर नपर्ने गरी वन क्षेत्रमा व्यवसायिक गतिविधि गरिने जनाएको हो।
यस्तै, बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेका तथा ढलापडा रुखहरुलाई संकलन गरी प्रयोगमा ल्याइने बताए। उनले जंगली हात्तीको आक्रमणबाट हुने क्षति रोक्न हात्तिको प्राकृतिक मार्गको संरक्षण गरिने भएको छ।
उनले जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रको पुर्वाधार विस्तार गरी उत्पादन क्षमता बढाउनका लागि २० करोड रुपैयाँ विनियोजन गरेको जनाए।
यस्तै, सरकारले समुदायसँगको सहकार्यमा ‘फ्रुट फरेस्ट’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। यसका लागि राष्ट्रिय राजमार्गको दायाबाया फलफुल तथा जडिबुटी तथा उच्च मूल्यका वनस्पतिको उत्पादनमा समुदायलाई प्रोत्साहन गर्न सोही प्रकृतिका प्रजातिको वृक्षारोपण गरिने भएको छ।