Kathmandu Press

शिक्षक अभाव हुन नदिन ‘शिक्षक बैंक’ स्थापना गरिने 

विशेषगरी अंग्रेजी, विज्ञान र गणित विषयका लागि विश्वविद्यालयहरूको सहकार्यमा शिक्षक बैंक सञ्चालन गरिने भएको हो।
शिक्षक अभाव हुन नदिन ‘शिक्षक बैंक’ स्थापना गरिने 

काठमाडौं, जेठ १५ : सरकारले शिक्षक अभाव हुन नदिन बजेटमार्फत ‘शिक्षक बैंक’ स्थापनाको अवधारणा ल्याएको छ। 

विशेषगरी अंग्रेजी, विज्ञान र गणित विषयका लागि विश्वविद्यालयहरूको सहकार्यमा शिक्षक बैंक सञ्चालन गरिने भएको हो।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी गराएका हुन्। 

बजेटमा स्नातक उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिने समेत उल्लेख छ। 

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्