सहकारी ठगी प्रकरणका आरोपितको राहादानी रोक्का गरिने
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार अगामी आर्थिक वर्षको बजेट पेस गर्नेक्रममा उक्त जानकारी गराएका हुन्।-(2)-1748511354.jpeg)
काठमाडौं, जेठ १५ : सहकारी ठगी प्रकरणका आरोपितको राहादानी रोक्का हुने भएको छ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार अगामी आर्थिक वर्षको बजेट पेस गर्नेक्रममा उक्त जानकारी गराएका हुन्।
बजेटमा बचतकर्ताको रकम अपचलन गर्ने सहकारीको सम्पत्ति लिलाम र आरोपितको राहदानी रोक्का गरिने उल्लेख छ।
यस्तै, सहकारीको सम्पत्ति बिक्री गरी उक्त रकम पीडित परिवारलाई हस्तान्त्रण गर्ने गरी चक्रीय कोष स्थापनाको व्यवस्था बजेटमा गरिएको छ।
प्रकाशित मिति: १६:१८ बजे, बिहीबार, जेठ १५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
