Kathmandu Press

रासायनिक मलमा २८ अर्ब, ८२ करोड अनुदान

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार स्वीकृत कुल लगानीमध्ये उद्योग विभागबाट स्वीकृत भएको लगानीको हिस्सा ६८.१५ प्रतिशत रहेको छ।
रासायनिक मलमा २८ अर्ब, ८२ करोड अनुदान

काठमाडौं, जेठ १५ : सरकारले २०८१ असारसम्म ४७ खर्ब ६५ अर्ब ८९ करोड रुपैयाँ बराबरको कुल लगानी स्वीकृत गरेको जानकारी अर्थमन्त्री विष्णु पौडेलले दिएका छन्।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार स्वीकृत कुल लगानीमध्ये उद्योग विभागबाट स्वीकृत भएको लगानीको हिस्सा ६८.१५ प्रतिशत रहेको छ।

यस्तै, लगानी बोर्ड नेपालबाट स्वीकृत भएको लगानी ३१.८५ प्रतिशत रहेको छ । गत बर्षको फागुनसम्म लगानी बोर्डबाट १५ खर्ब १७ अर्ब ८२ करोड रुपैयाँ बराबर लगानी स्वीकृत भएको थियो।

लगानी बोर्डबाट चालु आवको फागुनसम्म १ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ लगानी स्वीकृत भएको थियो।

प्रकाशित मिति: १५:५९ बजे, बिहीबार, जेठ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्