Kathmandu Press

कृषिलाई ५७ अर्ब ४८ करोड,  उद्योग वाणिज्य मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट

यो रकम चालु आर्थिक वर्षको तुलनामा १९ करोड बढी हो। आर्थिक वर्ष २०८१/८२ मा कृषि मन्त्रालयतर्फको बजेट ५७ अर्ब २९ करोड छ।
कृषिलाई ५७ अर्ब ४८ करोड,  उद्योग वाणिज्य मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी मन्त्राललाई ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ। 

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरिएको बताएका हुन्। 

Hardik ivf

यो रकम चालु आर्थिक वर्षको तुलनामा १९ करोड बढी हो। आर्थिक वर्ष २०८१/८२ मा कृषि मन्त्रालयतर्फको बजेट ५७ अर्ब २९ करोड छ।

यस्तै, अर्थमन्त्री पौडेलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट १० अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन्।

यो रकम चालु आर्थिक वर्षको तुलनामा ८६ करोडले बढी हो। चालु आर्थिक वर्षमा  ९ अर्ब २८ करोड बजेट विनियोजन गरिएको थियो।

प्रकाशित मिति: १५:५८ बजे, बिहीबार, जेठ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्