पाँच लाख भूमिहीन परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिने
‘आगामी आर्थिक वर्षभित्र लगत संकलन र प्रमाणीकरण गरी पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा दिइने छ। यउसका लागि स्रोतसधान र जनशक्तिको अभाव हुन दिइने छैन,’ उनले भने।
काठमाडौं, जेठ १५ : भूमिहीन र सुकुम्बारी पाँच लाख परिवालाई जग्गाधनी पूर्जा वितरण गरिने भएको छ । बिहीबार बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलेवे यस्तो घोषणा गरेका हुन्।
‘आगामी आर्थिक वर्षभित्र लगत संकलन र प्रमाणीकरण गरी पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा दिइने छ। यउसका लागि स्रोतसधान र जनशक्तिको अभाव हुन दिइने छैन,’ उनले भने।
यस्तै, सरकारले तीन प्रतिशत ब्याजमा सस्तो ऋण उपलब्ध गराउने भएको छ। यसका लागि ७३ करोड रुपैयाँ छुट्टयाइएको अर्थमन्त्री विष्णु पौडेलले बताए।
बाँदर, बदेल र निलगाईबाट खेतीबालीमा हुने नोक्सानी कम गर्न नियन्त्रणका उपाय अपनाइने उनले बताएका छन्। बजेटमा यस्तो क्षति कम गर्नका लागि त्यस्ता क्षेत्रहरुमा सिमल तरुल, बेसार, चिया, कफी, अदुवा, खुर्सानी खेतीका लागि प्राथिमकता दिइने उल्लेख गरिएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषिको व्यावसायीकरण र यन्त्रीकरण गरेर उत्पादन र उत्पादकत्व बढाउने बताएका छन्। उनलेस्थानीय स्तरमा उत्पादित स्वच्छ र पोषणयुक्त खाद्यमा जोड दिइने बताए।
उनले कृषिमा आश्रितलाई उत्पादनमा रुपान्तरण गरिने बताए । त्यस्तै, प्रमुख खाद्यवस्तु, तरकारी फलफूल दूध र मासुजन्यमा आत्मानिर्भर हुनेगरी ठोस कार्यक्रम सञ्चालन गरिने बताए।