Kathmandu Press

बजेटले जनतामा देखिएको निरासा चिर्ने छ : अर्थमन्त्री  

बजेटले जनतामा देखिएको निरासा चिर्ने छ : अर्थमन्त्री  

काठमाडौं, जेठ १५ : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको बजेटले जनतामा देखिएको निराशा चिर्ने बताएका छन्।

अर्थमन्त्री पौडेलले ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने पनि बताए। बजेटमा सरकारले चालू आर्थिक वर्षमा ल्याएको कुलमध्ये ८९.४ प्रतिशत मात्रै बजेट खर्च हुने संशोधित अनुमान छ। 

Hardik ivf

यस्तै, कुल विनियोजनको ८९.०४ प्रतिशत अर्थात् १६ खर्ब ६२ अर्ब ३७ करोड पुग्ने संशोधित अनुमान छ। 

बजेटमा चालू खर्चतर्फ विनियोजनको ८८.०५ प्रतिशत, पुँजीगत खर्च ८३.०४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ९७.०६ प्रतिशत पुग्ने संशोधित अनुमान रहेको छ। आर्थिक वर्ष२०८१÷८२ मा राजस्व परिचालन १७.०१ प्रतिशतले वृद्धि भई १२ खर्ब ६७ अर्ब ३९ करोड हुने अनुमान छ। 

यस्तै, वैदेशिक सहायता अनुदान ३४ अर्ब ८९ करोड र ऋण १ खर्ब ६९ अर्ब ६० करोड परिचालित हुने अनुमान छ । चालू आवका लागि आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब व्यहोर्ने अनुमान रहे पनि वैशाख मसान्तमा ३ खर्ब ६० अर्ब परिचालन गरिएको छ।

प्रकाशित मिति: १५:४४ बजे, बिहीबार, जेठ १५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्