Kathmandu Press

स्थानीय तहलाई पूर्वाधार आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान १० अर्ब ६ करोड

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट संसदको संयुक्त बैठकमा पेश गर्दै प्रदेशका लागि ३ अर्ब २८ करोड र स्थानीय तहका लागि १० अर्ब ६ करोड बजेट विनियोजन गरिएको जनाए। 
स्थानीय तहलाई पूर्वाधार आयोजना कार्यान्वयन गर्न समपूरक अनुदान १० अर्ब ६ करोड

काठमाडौं, जेठ १५ : सरकारले प्रदेश र स्थानीय तहलाई पूर्वाधार आयोजना कार्यान्वयनका लागि समपूरक अनुदान घोषणा गरेको छ। 

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट संसदको संयुक्त बैठकमा पेश गर्दै प्रदेशका लागि ३ अर्ब २८ करोड र स्थानीय तहका लागि १० अर्ब ६ करोड बजेट विनियोजन गरिएको जनाए। 

Hardik ivf

यस्तै, वैदेशिक रोजगारीमा रहेका विशेषज्ञ र सीपयुक्त नेपालीलाई स्वेदशमै उद्यमशिल र स्वरोजगार बन्न प्रेररित गरिने उनले दाबी गरेका छन्। 

‘नवप्रवर्तन र उद्यमशिलता प्रवर्द्धन गरी युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता दिइनेछ, सबै प्रकारका निराशा चिर्न र आम जनतामा आशा जगाउन सरकार दृढ संकल्पित छ,’ अर्थमन्त्री पौडेलले भनेका छन्।

बजेटको मुख्य ध्येय नै अर्थतन्त्रको विस्तार र आर्थिक अवसर सिर्जना गर्ने भएको उनले बताए ।

प्रकाशित मिति: १५:४२ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्