Kathmandu Press

सुशासन कायम गर्ने चुनौती : अर्थमन्त्री

‘सार्वजनिक सेवामा ढिलासुस्ती, जिम्मेवारीबोध, अन्तरनिकाय समन्वय कम्जोर हुँदा सुशासन कायम गर्ने चुनौती छ।’
सुशासन कायम गर्ने चुनौती : अर्थमन्त्री

काठमाडौं, जेठ १५ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा सुशासन कायम गर्ने चुनौती भएको बताएका छन्।

बिहीबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उनले यस्तो बताएका हुन्।

‘सार्वजनिक प्रशासनलाई व्यावसायीकरण गर्न नसक्दा सेवा प्रवाहमा अपेक्षित सुधार हुन सकेको छैन,’ उनले भने, ‘सार्वजनिक सेवामा ढिलासुस्ती, जिम्मेवारीबोध, अन्तरनिकाय समन्वय कम्जोर हुँदा सुशासन कायम गर्ने चुनौती छ।’

यस्तै, अर्थमन्त्री पौडेलले डिजिटल पूर्वाधारको कमीले डिजिटल अर्थतन्त्रको विकासको गति सुस्त रहेको बताए। उनले भने, ‘पर्यटन, सूचना प्रविधिबाट सेवा निर्यात हुने सम्भावनाको अपेक्षित लाभ लिन सकिएको छैन।’

प्रकाशित मिति: १५:३६ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्