Kathmandu Press

विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेश गरेका हुन्।
विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने

काठमाडौं, जेठ १५ : चालु आर्थिक वर्ष २०८१/८२ मा कुल विनियोजनको ८९.४ प्रतिशत मात्र बजेट खर्च हुने अनुमान सरकारले गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेश गरेका हुन्।

यस वर्ष सकरारले १८ खर्ब ६० अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। यो अब १६ खर्ब ६२ अर्ब अर्थातः ८९.४ प्रतिशतमा खुम्चिने अनुमान सरकारले गरेको हो .।

चालु खर्च विनियोजनको ८८.५ प्रतिशत र पूँजीगत तर्फ ८३ प्रतिशत प्रतिशत हुने सरकारको अनुमान छ। वित्तीय व्यवस्थातर्फ भने ९७.६ प्रतिशत खर्च हुने भएको छ। 
 
प्रकाशित मिति: १५:२९ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्