Kathmandu Press

प्रतिव्यक्ति आय गत वर्षभन्दा ६१ डलर बढ्यो 

अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार प्रतिनिधिसभामा चालू आर्थिक वर्षको सर्वेक्षण प्रस्तुत गर्दै प्रतिव्यक्ति आय बढेको जानकारी गराए।
प्रतिव्यक्ति आय गत वर्षभन्दा ६१ डलर बढ्यो 

काठमाडौं, जेठ १५ : चालू आर्थिक वर्षको सर्वेक्षणले नेपालीको प्रतिव्यक्ति आय १५१७ अमेरिकी डलर पुगेको देखाएको छ। 

सर्वेक्षण अनुसार गत वर्षभन्दा ६१ डलर आय बढेको हो। 

अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार प्रतिनिधिसभामा चालू आर्थिक वर्षको सर्वेक्षण प्रस्तुत गर्दै प्रतिव्यक्ति आय बढेको जानकारी गराए। गत वर्ष प्रतिव्यक्ति औसत १४५६ डलर थियो। 

यस्तै, त्यसभन्दा अघिल्लो वर्ष १४०५ डलर थियो । सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ ।


 

प्रकाशित मिति: १५:१२ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्