Kathmandu Press

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन : प्रधानमन्त्री ओली

मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेको उनले बताए। 
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैन : प्रधानमन्त्री ओली

काठमाडौं, जेठ १५ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैंले नेता छनोट गर्नपाउने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरेको बताएका छन्। 

गणतन्त्र दिवसका अवसरमा टुडिँखेलमा ओयोजित विशेष समाराहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मससम्मान सुरक्षित रहने गणतन्त्रान्त्रिक व्यवस्थाको विकल्प अरु हुननसक्ने बताए। 

Hardik ivf

गणतान्त्रिक शासन व्यवस्थामा शिक्षा, स्वास्थ्य, उद्यम, रोजगारी पूर्वाधारलगायतका क्षेत्रमा अतुलनीय उपलब्धिसहित परिवर्तन भएको उल्लेख गर्दै उनले गणतन्त्रलाई अझ सुदृढ र बलियो बनाउन हामी सबै एक हुनुपर्नेमा जोड दिए।

‘सुशासन, पारदर्शिता र उत्तरदायित्व गणतान्त्रि व्यवस्थाको मेरुदण्ड हो, हामी त्यसलाई बलिय बनाउन लागेका छौं। समृद्ध नेपाल सुशी नेपाली को राष्ट्रिय आकांक्षा पूरा गर्न लागिपरेका छौं,’ उनले भने।

प्रधानमन्त्री ओलीले गणतन्त्र कुनै दलको स्वामित्व नभएको बताउँदै यसको मालिक जनता भएको उल्लेख गरे। उनले यो प्रणालीमा जनताले नै वडा सदस्यदेनिख राष्ट्रपतिसम्म आफैँले छान्न र फेर्न सक्ने उल्लेख गर्दै राम्रो वा नराम्रोको उत्तरदायित्व पनि जनताकै हातमा रहेको बताए।

प्रधानमन्त्री ओलीले अहिले जनता आले मतदान गरेर, वडाका सदस्यादेखि देशको राष्ट्रपतिसम्म समावेशी रुपमा विभिन्न जात÷जाति र समुदायका कम्तिमा ३६ हजार ५७ प्रतिनिधिहरु चुनिने व्यवस्था रहेको स्पष्ट पारे।

‘गणतन्त्र आउनुअघि देशको विकासका सूचकांकहरु कहाँ थिए, आज कहाँ पुग्यो। गणतन्त्र आउनुअघि मानव विकास सूचकांक कहाँ थियो, आज कहाँ पुग्यो । राजतन्त्र हुँदाका अढाइसय वर्षमा कति विद्यालय थिए, कति अस्पताल थिए, अहिले कति पुगे,’ उनले भने, ‘राजतन्त्रकालमा सडक कति किलोमिटर थियो, अहिले कति पुग्यो, गरिवी कति थियो, कति घट्यो, खानेपानी र बिजुलीको सुविधा कति जनतामा थियो र आज कतिमा पुग्यो। जनताको जीवनस्तर कहाँ थियो, अहिले कहाँ पुग्यो? यी सवै उपलब्धि लोकतान्त्रिक गणतन्त्रबाट सम्भव भएको हो।’

प्रधानमन्त्र ओलीले गणतन्त्र हामीले प्राप्त गरेका नभई हजारौं जनताको बलिदानबाट र त्यागबाट अर्जन गरेको बताए। मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेको उनले बताए। 

प्रकाशित मिति: १२:१४ बजे, बिहीबार, जेठ १५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्