गणतन्त्रलाई नै गिज्याउने गणतन्त्र स्मारक पार्क [तस्बिरहरू]
काठमाडौंको नागपोखरी नजिक ३५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा घुम्न जानेको संख्या दैनिक ५० जनापनि पुग्दैनन्।![गणतन्त्रलाई नै गिज्याउने गणतन्त्र स्मारक पार्क [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(2)-(2)-1748498050.jpg)
काठमाडौं, जेठ १५ : मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्याएकाहरुको सम्झनामा सरकारले ४५ करोड खर्चेर नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण गरेको गणतन्त्र स्मारक पार्क सुनसान छ। सरकारी वेवास्ताका कारण पार्क वेवारिसे अवस्था पुगेको छ।
काठमाडौंको नागपोखरी नजिक ३५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा घुम्न जानेको संख्या दैनिक ५० जनापनि पुग्दैनन्। थप लगानी गरेर पार्कलाई आकर्षक बनाउने, सुविधा थप गर्ने र प्रचार प्रसार व्यापक गर्ने सरकारको योजना पनि ओझेल परेको छ।
सरकारी कार्यालय समयमा खुल्ने र बन्द हुने भएकाले पनि स्मारकमा आवातजावत कम देखिन्छ। तर सरकारी अधिकारीहरु पार्क क्षेत्रमा अवलोकनकर्ताको संख्या बृद्धि भएको दावी गर्छन्।
नारायणहिटी दरबार संग्रहालयका सूचना अधिकारी पुरुषोत्तम थापाले पार्कभित्र विभिन्न फिल्म, टेलिफिल्म र गीतहरुको सुटिङ हुने गरेको एवम विद्यार्थी अवलोकन भ्रमणमा आउने गरेको बताए।
