सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्नुपर्छ : मन्त्री पाण्डे
मन्त्री पाण्डेले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा सचेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटनलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए।-1748495628.jpg)
काठमाडौं, जेठ १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्ने बताएका छन्।
बिहीबार ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा सचेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटनलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए।
‘सगरमाथा हाम्रो पहिचान र गौरव त हो नै यसप्रति विश्वले नै गौरव गरेको छ। पृथ्वीको सबैभन्दा उचो भूगोल भएको सगरमाथामार्फत् हाम्रो पहिचानलाई स्थापित गर्न सगरमाथा संवाद पनि आयोजना ग¥यौं र विश्वलाई सगरमाथाको देशप्रति आकर्षित गर्यौं,’ पर्यटनमन्त्री पाण्डेले भने।
उनले जलवायु परिवर्तनका कारण हिमालहरु कालापत्थरमा परिणत हुने जोखिम बढेको र सगरमाथाको हिउँ पग्लिँदा नेपाललाई मात्र नभई सिंगो पृथ्वीलाई नै असर गर्ने बताए।
सगरमाथा दिवसको अवसरमा बिहीबार बिहान प्रमुख पर्यटकीय क्षेत्र ठमलेमा प्रभातफेरी आयोजना गरिया । कर्मचारी सञ्चयकोष ठमेलबाट सुरुभएको झाँकी, ब्याण्डबाजासहितको ¥याली वसन्तपुर पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।