Kathmandu Press

अफताप आलमले पाए ज्यान मुद्दामा सफाई 

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाई दिएको हो। 
अफताप आलमले पाए ज्यान मुद्दामा सफाई 

काठमाडौं, जेठ १४ : नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमले ज्यान मुद्दामा सफाई पाएका छन्। 

उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले आलमलाई सफाई दिएको हो। 

Hardik ivf

रौतहट जिल्ला अदालतले आलमसहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। जिल्लाको फैसला उल्ट्याएर आलमलाई सफाई दिइएको हो। आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरको अभियोग थियो। 

संविधान सभा निर्वाचनका बेला २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा आलमको घरमा बम विस्फोट हुँदा भएको मृत्यु प्रकरणमा आलमविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। 

बम विस्फोटका घाइतेलाई इँटाभट्टाको चिम्नीमा जलाएर हत्या गरेको अभियोग प्रहरीले लगाएको थियो। सोही प्रकरणमा आलमलाई २६ असोज २०७६ मा पक्राउ गरी मुद्दा चलाइएको हो। 

आलम रौतहटबाट  दुईपटक सांसद र एकपटक श्रम तथा यातायात मन्त्री भएका थिए । आलमसहित ११ जनाविरूद्ध २०७६ साल कात्तिक १८ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। 


 

प्रकाशित मिति: १८:३० बजे, बुधबार, जेठ १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्