Kathmandu Press

आफुले पनि न्याय पाउनुपर्ने गृहमन्त्री लेखकको भनाई 

‘मैले कसैका प्रति असम्मान गर्नु छैन। आग्रह पूर्वाग्रह राख्न परेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि?,’ लेखकले भने। 
आफुले पनि न्याय पाउनुपर्ने गृहमन्त्री लेखकको भनाई 

काठमाडौं, जेठ १४ : गृहमन्त्री रमेश लेखकले आफू अन्यायमा परेको बताएका छन्। 

लेखकले पत्रकार सम्मेलनमा यस्तो भनाई राखेका हुन्। उनले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता अस्विकार गर्दै न्याय पाउनुपर्ने बताए। 

‘मैले कसैका प्रति असम्मान गर्नु छैन। आग्रह पूर्वाग्रह राख्न परेको छैन। न्याय त मैले पनि पाउनुपर्ने होला नि?,’ लेखकले भने। 

लेखकले आफु न्याय नपाउनुपर्ने नागरिक हो? भन्दै प्रश्न समेत गरेका छन् । उनले आफ्नाविरुद्ध कतै उजुरी नरहेको पनि बताए। 

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, जेठ १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्