Kathmandu Press

छानबिनको दायरा गृहमन्त्रीसम्म पुगे जिम्मेवारीबाट अलग हुनुपर्छ : महामन्त्री थापा 

‘माननीय रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमान्दारिता र कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहनुभएको छ र अहिले उहाँमाथि उठेका प्रश्नहरूमा पनि वेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो,’ उनले भने।
छानबिनको दायरा गृहमन्त्रीसम्म पुगे जिम्मेवारीबाट अलग हुनुपर्छ : महामन्त्री थापा 
फाइल तस्बिर।

सुनसरी, जेठ १४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा छानबिनको दायर गृहमन्त्रीसम्म पुगे पदमा बस्नु उपयुक्त नहुने भनाई राखेका छन्। 

नेपाली कांग्रेस धरान उप–महानगर सम्मेलनलाई बुधबार सम्बोधन गर्दै थापाले उक्त भनाई राखेका हुन्।

Hardik ivf

महामन्त्री थापाले गृहमन्त्री रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू इमान्दारीतापूर्वक सम्हाल्दै आइरहेको पनि बताए। 

‘माननीय रमेश लेखकले विगतमा प्राप्त जिम्मेवारीहरू जसरी इमान्दारिता र कुशलतापूर्वक निर्वाह गर्दै आउनु भएको छ, गृहमन्त्रीको जिम्मेवारी पनि त्यसरी नै निर्वाह गरिरहनुभएको छ र अहिले उहाँमाथि उठेका प्रश्नहरूमा पनि वेदाग हुनुहुन्छ भन्ने हाम्रो पूर्ण विश्वास हो,’ उनले भने।

थापाले कानुनी राज्यमा कसैको विश्वास वा आग्रह भन्दामाथि तथ्य र प्रमाण हुने पनि बताए। भिजिट भिसा प्रकरणमा भइरहेको अनुसन्धान गृहमन्त्रीसम्म पुगे अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्ने भनाई थापाको छ। 

‘त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ। उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाइ उत्तिकै विश्वास छ,’ थापाले भने। 

प्रकाशित मिति: १६:३४ बजे, बुधबार, जेठ १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्