पत्रकार सम्मेलनको तयारीमा गृहमन्त्री
आज संसदमा बोल्न नपाए गृहमन्त्रीले ल्होत्से हलमै पत्रकार सम्मेल गर्ने तयारी गरेका छन्।
काठमाडौं, जेठ १४ : भिटिज भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट्याउन गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलनको तयारी गरेका छन्।
सो प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरुले प्रतिनिधिसभा अवरुद्ध गरेपछि गृहमन्त्री लेखकले पत्रकार सम्मेलनको तयारी गरेका हुन्। यसअघि उनले यो विषयमा सबैकुरा संसदमा बताउने बताएका थिए।
आज संसदमा बोल्न नपाए गृहमन्त्रीले ल्होत्से हलमै पत्रकार सम्मेल गर्ने तयारी गरेका छन्।
विपक्षी दलहरूले गृहमन्त्रको राजीनामा मागिरहँदा सत्तापक्षले भने राजीनामा गर्न नपर्ने निष्कर्ष निकालेको थियो।
सभामुख घिमिरेले ११ बजे बोलाएको प्रतिनिधिसभा बैठक सवा १ बजे सुरु भएको थियो। तर, विपक्षीहरुले नाराबाजी गरेपछि आधा घण्टाका लागि स्थागित भएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन।
प्रकाशित मिति: १५:२४ बजे, बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार