Kathmandu Press

न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स काठमाडौं आइपुगे 

उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। 
न्युजिल्यान्डका उपप्रधानमन्त्री पिटर्स काठमाडौं आइपुगे 

काठमाडौं, चैत १४ : न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्। पिटर्स दुईदिने औपचारिक भ्रमणमा नेपाल आएका हुन्। 

उनलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। 

पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। 

पिटर्सले बुधबार साँझ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने भएका छन् । भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना हुने जनाइएको छ। 

पिटर्सको सम्मानमा परराष्ट्रमन्त्री डा. राणाले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ। 
 
प्रकाशित मिति: १५:११ बजे, बुधबार, जेठ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्