Kathmandu Press

परिषद् नियमावली संशोधनविरुद्ध दायर रिटमा सुनुवाइ सकियो, आदेश आउँदै  

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सुनुवाई सकिएको हो। 
परिषद् नियमावली संशोधनविरुद्ध दायर रिटमा सुनुवाइ सकियो, आदेश आउँदै  

काठमाडौं, चैत १४ : न्याय परिषद् नियमावली, २०७४ संशोधनविरुद्ध दायर भएको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको छ। 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सुनुवाई सकिएको हो। 

Hardik ivf

मर्यादाक्रममा मुख्य रजिस्ट्रारबाट उच्च अदालतको न्यायाधीश बनाउनेगरी २०८० असोज १ गते गरिएको न्याय परिषद् नियमावली, २०७४ अवैधानिक रहेको दाबीसहित रास्वपा नेता समेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेसहित १० जनाले रिट दायर गरेका थिए।

स्वतन्त्र कानुन व्यवसायी संघका तर्फबाट रिट दायर भएको थियो। संशोधित नियमावलीले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार भएका व्यक्ति उच्च अदालतको न्यायाधीशमा नियुक्त हुँदा रोलक्रममा उच्च अदालतका मुख्य न्यायाधीश पछिको रोलक्रममा रहने व्यवस्था गरिएपछि कानुनी विवाद उत्पन्न हुँदै आएको छ। उक्त रिटमा सुनुवाई सकिएकोले आजै आदेश आउने छ । 
 

प्रकाशित मिति: १४:३० बजे, बुधबार, जेठ १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्