Kathmandu Press

एमाले र राप्रपाको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था मिलाउन प्रहरी इन्चार्जलाई निर्देशन

बुधबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले मातहतका प्रहरी इन्चार्जलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा डाकेर काठमाडौँ उपत्यका भित्रको शान्ती सुरक्षा सुदृढ बनाउन निर्देशन दिएका छन्। 
एमाले र राप्रपाको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था मिलाउन प्रहरी इन्चार्जलाई निर्देशन
फाइल तस्बिर।

काठमाडौं, जेठ १४ : बिहीबार काठमाडौँमा हुने एमाले र राप्रपाको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जलाई निर्देशन दिइएको छ।

बुधबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले मातहतका प्रहरी इन्चार्जलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा डाकेर काठमाडौँ उपत्यका भित्रको शान्ती सुरक्षा सुदृढ बनाउन निर्देशन दिएका छन्। 

Hardik ivf

निर्देशनकाक्रममा काठमाडौँ प्रहरी प्रमुख, ललितपुर प्रहरी प्रमुख र भक्तपुर प्रहरी प्रमुखलगायतको सहभागीता थियो । छलफलमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, विमानस्थल सुरक्षा कार्यालयका प्रमुख र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख समेत सहभागी रहेको जनाइएको छ। 

एआईजी तामाङले अग्र पङ्तीमा खटिने प्रहरी कर्मचारीलाई सामूहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका थिए। 

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो। 

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पनि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बस्दै छ। 

प्रकाशित मिति: १३:४६ बजे, बुधबार, जेठ १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्