प्रतिनिधिसभामा विपक्षीको अवरोध कायमै, बैठक आधा घण्टाका लागि स्थगित
बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरुले उठेर सदन अवरुद्ध गरेका थिए। विपक्षी दलहरुको अवरोध पछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।
काठमाडौं, जेठ १४ : विपक्षी दलहरू प्रतिनिधिसभामा अवरोध कायमै राखेका छन्।
२ घण्टाभन्दा बढी समय ढिला गरी सुरु भएको बुधबारको बैठकमा पनि विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा र छानविन समिति गठनको माग गर्दै अवरोध कायम गरे।
बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरुले उठेर सदन अवरुद्ध गरेका थिए। विपक्षी दलहरुको अवरोध पछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।
मंगलबार पनि विपक्षी दलहरूले भिजिट भिसा प्रकरणलाई लिएर सदनमा अवरोध गरेका थिए। आधा घण्टामा लागि स्थागित बैठक पुनः बस्न नसकेपछि आजका लागि बोलाइएको थियो।
प्रकाशित मिति: १३:३२ बजे, बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार