Kathmandu Press

संसद भवनमा विपक्षी दलहरुको बैठक

प्रमुन प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरुबीच अहिले संसद भवन बानेश्वरमा बैठक बसिरहेको छ। 
संसद भवनमा विपक्षी दलहरुको बैठक

काठमाडौं, जेठ १४ : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखको राजीनामा र छानविन समितिको माग गर्दै संसद अवरोध गरिरहेका विपक्षी दलहरू अहिले छलफलमा जटेका छन्।

प्रमुन प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरुबीच अहिले संसद भवन बानेश्वरमा बैठक बसिरहेको छ। 

Hardik ivf

प्रतिनिधिसभामा विपक्षीहरूले खेल्ने भूमिका सन्दर्भमा रहेर नेताहरू छलफलमा जुटेका हुन्। रास्वपाले गृहमन्त्रीको राजीनामालाई बटम लाइन बनाएको छ भने राप्रपाले छानबिन समितिको माग गरेको छ भने अन्य दलहरु केही लचिलो छन्।

विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै मंगलबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए। उनीहरूले आज पनि त्यसलाई निरन्तरता दिने बताएका छन्। 

यता, बालुवाटारमा भएको सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीचको बैठक पछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्रीले राजीनामा पनि नदिने र छानविन समिति पनि नबन्ने बताएका छन्। 

आज ११ बजेका लागि बोलाएको प्रतिनिधिसभा बैठक अझैसम्म सुरु हुनसकेको छैन। 

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, जेठ १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्