‘गृहमन्त्रीको राजीनामा पनि आउँदैन, छानबिन समिति पनि बन्दैन’
बालुवाटारमा भएको कांग्रेस र एमालेको बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने र छानबिन समिति गठन हुन नसक्ने बताए।
काठमाडौं, जेठ १४ : सत्तारुढ दल नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखक राजीनामा नआउने र उनीमाथि छानबिन समिति पनि नबन्ने बताएको छ।
बालुवाटारमा भएको कांग्रेस र एमालेको बैठकपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले गृहमन्त्री लेखकको राजीनामा नआउने र छानबिन समिति गठन हुन नसक्ने बताए।
‘के छानबिन गर्ने? गृहमन्त्रीमाथि प्रश्न नै उठेको छैन। किन छानबिन समिति बनाउने? कर्मचारीमाथि प्रश्न उठ्दा गृहमन्त्रीको किन छानबिन र राजीनामा गर्नुपर्ने कारण के छ?,’ उनले भने, ‘यो कुरा साँच्चै भन्ने हो भने मन्त्रीले जवाफ दिने पनि होइन।’
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै छानविन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरेका छन्।
बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन।
प्रकाशित मिति: १२:५७ बजे, बुधबार, जेठ १४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार